बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु – Nepal Press

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

कैलाली । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्लाको साफेँ मार्तडी सडक खण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ मा से २ च ३१७९ नम्मरको ट्याक्टर दुर्घटना हुँदा अछामको मेल्ललेख गाउँपालिका वडा नम्बर १ का किनज बुढाको मृत्यु भएको हो ।

ट्याक्टरमा रहेका बाजुराको त्रिवेणी नगरपालिका १ छताराका कृष्ण बुढा घाइते भएका छन । उनको छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले जानकारी दिए ।

पहिरोमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर