गृह मन्त्रालयका प्रवक्ता भन्छन्- निषेधाज्ञाको निर्णय भइसकेको छैन, छलफलमै छौं – Nepal Press

गृह मन्त्रालयका प्रवक्ता भन्छन्- निषेधाज्ञाको निर्णय भइसकेको छैन, छलफलमै छौं

काठमाडौं । कोभिडको नयाँ लहर नियन्त्रणबाहिर जान लागेपछि सरकारले राजधानी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरेको छ । यसका लागि गृहमन्त्रालयमा काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल भइरहेको छ ।

गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञा लगाउने निर्णय भइ नसकेको नेपालप्रेसलाई बताए । ‘कुन दिनदेखि निषेधाज्ञाा लगाउने भन्ने निर्णय भइसकेको छैन,हामी छलफलमै छौं’ दाहालले भने ।

सीसीएमसीले आइतवारमात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित भएका शहरी क्षेत्र र २०० भन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासनलाई अधिकार दिने निर्णय गरेको थियो ।

आज विहानैदेखि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् । शिक्षण संस्थाहरु बन्द भइसकेका हुनाले राजधानी बाहिर जान चाहनेलाई मौका दिनेगरि बुधवार वा विहीवारबाट कम्तिमा तीन साता निषेधाज्ञा लगाउने प्रस्तावमाथि छलफल भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निषेधाज्ञाको बारेमा जिल्ला प्रशासनलाई अधिकार दिइएएको बताए । उनले काठमाडौं प्रवेशका नाकाहरुमा समेत कडाई गरेर केही दिन आवागमन बन्द गर्नेबारे छलफल भइरहेको नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर