ईन्जिनियरिङकाे प्रश्नपत्र बाहिर ल्याएको आरोपमा १० जना पक्राउ – Nepal Press

ईन्जिनियरिङकाे प्रश्नपत्र बाहिर ल्याएको आरोपमा १० जना पक्राउ

मोरङ । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा ३५ वर्षीय गोपाल कार्की, रूपन्देही ३० वर्षीय विजय पोखरेल, गोरखाका मिन प्रसाद भट्ट, भरत पठन, विकास खड्का, सिन्धुपाल्चोकका २८ वर्षीय निर्मल खड्का, महोत्तरी २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन२९ वर्षीय जीवन कुमार यादव र सप्तरी २६ वर्षीय महेश यादव रहेका छन् ।

उनीहरुले परीक्षा पूर्व नै प्रश्नपत्र वाहिरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक संजाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएपछि उक्त कार्यमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *