स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे ३ लाख राजश्व सङ्कलन – Nepal Press

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे ३ लाख राजश्व सङ्कलन

जनकपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म ३ लाख ५२ हजार ४०० रुपैँया राजश्व सङ्कलन गरिसकेको छ ।

नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम ३ हजार ५२४ जनालाई कारवाही गरी हालसम्म उक्त रकम राजश्व सङ्कलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार/माइकिङ/जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशः ३ घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई सम्झाएर छाडिएको जनाइएको छ ।

त्यसैगरी १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ्ग गरी मास्क वितरण गरी छाडिएको र हालसम्म तीन हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐन बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति रू १०० का दरले जरिवाना गरी राजश्व सङ्कलन गरिएको प्रहरी उपरीक्षक प्रसाईँले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर