मास्कबिना हिँड्ने सर्वसाधारणलाई कार्वाही गर्न थाल्यो प्रहरीले – Nepal Press

मास्कबिना हिँड्ने सर्वसाधारणलाई कार्वाही गर्न थाल्यो प्रहरीले

काठमाडौं । मास्कबिना उपत्यकाका सार्वजनिक स्थानमा हिँड्ने बटुवालाई नियन्त्रणमा लिएर प्रहरीले कार्वाही गर्न थालेको छ ।

काठमाडौंका चोक-चोकमा सर्वसाधारणलाई समातेर प्रहरीले होल्डिङ जोनमा राख्न थालेको छ । बिना मास्क हिँड्का सर्वसाधारणलाई घेरामा राखेर प्रहरीले दुई-तीन घण्टा उभ्याएर सचेतना दिने गरेको छ ।

सातदोबाटो, चावहिल लगायतका विभिन्न स्थानमा यस्तो दृश्य देखिएको थियो । सरकारले सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेपनि सर्वसाधारणले भने हेलचक्र्याइँ गर्दै आइरहेका छन् ।

उपत्यकामा कोरोनाको नयाँ प्रजाति ब्यापक फैलिएपछि सरकारले मास्कलाई अनिवार्य गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर