कञ्चनपुरका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु – Nepal Press

कञ्चनपुरका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

कैलाली । कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा गएराति निधन भएको छ ।

महाकाली अस्पतालमा उपचाररत जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

वैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर