बैतडीमा जन्ती सवार जीप दुर्घटना- १ जनाको मृत्यु, बेहुला–बेहुलीसहित ११ घाइते – Nepal Press

बैतडीमा जन्ती सवार जीप दुर्घटना- १ जनाको मृत्यु, बेहुला–बेहुलीसहित ११ घाइते

कैलाली । बैतडीमा जन्ती सवार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा बेहुला–बेहुलीसहित ११ जना घाइते भएका छन् ।

बैतडीको पाटन–खोड्पे सडक खण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जिप दुर्घटना हुँदा दशरथचन्द नगरपालिका ९ का ५५ वर्षीय देवीलाल जोशीको मृत्यु भएको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किँदै गरेको सुदुरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप सोमबार बिहान दुर्घटनामा परेको हो ।

दशरथचन्द नगरपालिका–९ का चालक लक्ष्मीदत्त जोशीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिए । उनलाई प्राथमिक स्वास्थ्य चौकी पाटनबाट थप उपचारको लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

दशरथचन्द नगरपालिका ९ कै शिवदत्त जोशी पनि गम्भीर घाइते छन् । उनको प्राथमिक स्वास्थ्य चौकी पाटनबाट उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका बेहुला-बेहुलीसहित अन्यको पनि स्वास्थ्य चौकी पाटनमा उपचार भइरहेको ऐरीले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर