आइतबार २८ जना कोभिड बिरामीको मृत्यु, सक्रिय संक्रमित संख्या १९ हजार नाघ्यो – Nepal Press

आइतबार २८ जना कोभिड बिरामीको मृत्यु, सक्रिय संक्रमित संख्या १९ हजार नाघ्यो

काठमाडौं । कोभिड-१९ को कारण आइतबार मुलुकमा अहिलेसम्मकै दोस्रो धेरै व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २८ जना कोभिड बिरामीको मृत्यु भएको बताए ।

उनका अनुसार यो हालसम्मकै दोस्रो ठूलो उच्च हो । यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो ।

आइतबार भाइरसबाट १४ जनाको मृत्यु भएको थियो । आइतबार सक्रिय संक्रमित संख्या १९ हजार ३८२ पुगेको छ । उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा माथि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर