आइपीएलको एक ओभरमा जडेजाले बनाए ३७ रन – Nepal Press

आइपीएलको एक ओभरमा जडेजाले बनाए ३७ रन

काठमाडौं । इन्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किङ्सका भारतीय ब्याट्सम्यान रवीन्द्र जडेजाले एकै ओभरमा ३७ रन बनाएका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उनले अन्तिम ओभरमा ५ छक्का र एक चौका प्रहार गरेका थिए ।

वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले बनाएको किर्तिमानसँग जडेजाले बराबरी गरेका छन् । गेलले २०११ मा भएको खेलमा एक ओभरमा ३७ रन बनाएका थिए । टि-२० क्रिकेटमा एक ओभरमा ३८ रनसम्म बनेको छ ।

जडेजाले पहिलो दुई बलमा लगातार छक्का हानेका थिए । तेस्रो बल नो बल भएको थियो र त्यसमा पनि जडेजाले छक्का प्रहार गरे । फेरि फ्याकिएको तेस्रो बल पनि छक्का नै भयो ।

चौंथो बलमा जडेजाको क्याच ड्रप भयो, जसमा ब्याट्सम्यानले दुई रन लिए । पाचौं बल फेरि छक्का र छैटौं बल चौका भयो ।

चेन्नइ सुपरकिङ्सका मध्यक्रमका ब्याट्सम्यान जडेजाले २८ बलमा ६२ रन जोड्न सफल भएपछि चेन्नइले १९१ रनको स्कोर खडा गरेको छ । जवाफमा आरसीवीले कमजोर ब्याटिङ गरेर ठूलो हारको नजिक पुगेको छ ।


प्रतिक्रिया

One thought on “आइपीएलको एक ओभरमा जडेजाले बनाए ३७ रन

  1. बलर
    को थिए अनि क्याच
    ड्रप कसले गरेका
    थिए ?
    समाचार बिस्तारमा आओस् भन्ने चाहना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर