एकैदिन थपिए ३१२२ संक्रमित – Nepal Press

एकैदिन थपिए ३१२२ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ११७८ महिला र १८५४ पुरुष रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ७७ हजार ५७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने हालसम्म ३१६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर