डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु – Nepal Press

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरा ।डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको अजयमेरु गाउँपालिका १ इरानी खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कैलाली गौरीगङ्गा १ का २३ वर्षीय प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा कैलालीको चुरे गाउँपालिकाका पवन सिजापती मगर घाइते भएका छन् ।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द बताए । कच्ची र उकालो सडक भएको हुँदा नियन्त्रण गुमाएर ट्याक्टर दुर्घटना भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर