संख्या नपुगी अविश्वास प्रस्ताव ल्याउँदा आफैं खाडलमा फस्ने कांग्रेसको डर (भिडियो) – Nepal Press

संख्या नपुगी अविश्वास प्रस्ताव ल्याउँदा आफैं खाडलमा फस्ने कांग्रेसको डर (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म त्यसतर्फ नलाग्ने भएको छ ।

आइतवार सम्पन्न पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले अहिलेसम्म संख्या नपुगेको बताए ।

निधीले भने, ‘हामीले अविश्वास प्रस्ताव ल्याउनका लागि पहल गरेका हौं तर संख्या पुगेको छैन । संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव राखेर फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ । हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’

निधिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय कार्यन्वयनका लागि पहल भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर