भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने – Nepal Press

भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ मा केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो ।

बैठकमा पार्टीको महाधिवेशनसँग केन्द्रित आन्तरिक विषय तथा सदस्यहरूको सन्दर्भमा छलफल भएको नेता अर्जुन नरसिंह केसीले बताए । सरकार गठन र अविश्वास प्रस्तावका सन्दर्भमा यसअघिकै निर्णय निरन्तर रहेको र विकल्प खोज्ने प्रयास जारी रहेको केसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *