बहुआयामिक बर्जु ताल – Nepal Press
फोटो फिचर

बहुआयामिक बर्जु ताल

इहटरी । विराटनगरको केसलिया रोडबाट १० किलोमिटरमा दूरीमा छ, बर्जु ताल । विराटगरबाट नजिक पर्ने सबैभन्दा ठूलो ताल हो यो।

यो ताल सुनसरीको बर्जु गाउँपालिका– ६ स्थित चिमडी गाँउमा छ । बर्जु ताल दुहबीबाट ११ र इनरुवाबाट १८ किलोमिट दूरीमा पर्छ ।

१५२ बिगाहा क्षेत्रफलमा फैलिएको रहेको बर्जु ताल क्षेत्रमा तीन मुख्य ताल छन् । १५२, ७५ र ४५ बिगाहाका तीन तालले बनेको प्याकेज क्षेत्रलाई बर्जु ताल भन्ने गरेको वडाध्यक्ष विनोद चौधरीले बताए ।

२०७५ चैत्र ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो ताल क्षेत्र भ्रमण गरेका थिए ।

यहाँ नौकाविहार गर्नुको बेग्लै आनन्द छ । बर्जु तालमा जाने आगन्तुकहरुमा धेरैले नौकाविहार गर्ने गर्छन् । नौकाविहार गर्न

प्रतिडुंगा एक सय रुपैयाँ लाग्छ । १० वर्षमुनिका बालबालिका र ६० बर्ष माथिका बृद्धलाई नौकाबिहान गर्न निषेध छ ।

बर्जु ताल चराको लागी पनि प्रसिद्ध क्षेत्र हो । कोसी पंक्षी समाजका अध्यक्ष सञ्जिव आचार्यका अनुसार बर्जु क्षेत्रमा करिब २ सय हाराहारी चराहरु भेटिन्छन् ।

यो क्षेत्र पिकनिकलाई लागि पनि प्रशिद्ध छ । बर्जुमा बालउद्यान पनि छ ।

तराई मधेसको जिवनशैली र संस्कृति भएको क्षेत्रमा छ बर्जु ताल । तालसँग भने पौराणिक कथन पनि जोडिएको छ । पाँच पाण्डवले वनवास जाँदा यही तालमा यक्ष प्रश्नको सामना गरेको मान्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर