एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक जारी – Nepal Press

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक जारी

काठमाडौं । आकस्मिकरूपमा बोलाइएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू भएको छ ।

बिहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयभन्दा केही समय ढिला शुरू भएको हो ।

बैठकले पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै माधव नेपाललगायत केही नेतालाई तत्कालै सांसद पदबाट निलम्बन गर्नेबारे निर्णय लिने एमाले स्रोतले जनाएको छ ।

स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गर्ने एमालेको तयारी छ । झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरी संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर