होस्टेलमा छात्राको मृत्युपछि विद्यार्थी र अविभावक आन्दोलित – Nepal Press

होस्टेलमा छात्राको मृत्युपछि विद्यार्थी र अविभावक आन्दोलित

रुपन्देही । रुपन्देहीको एक निजी विद्यालयको होस्टलमा छात्राको मृत्यु भएपछि छात्रावासमा त्रास उत्पन्न भएको छ । तिलोत्तमा नगरपालिका नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलमा पढ्ने छात्राको आज शनिबार उपचारका क्रममा मृत्यु भएपछि त्रास उत्पन्न भएको हो ।
विद्यालयको छात्रावासमा बसेर कक्षा १० मा अध्ययनरत १५ वर्षका छात्रा प्रतिमा सापकोटाको मृत्यु भएको विद्यालयका सहप्राचार्य लिलाधर किराँतले जानकारी दिए ।

दुई दिनदेखि बालिकामा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि विद्यालयले शनिबार बिहान अभिभावकलाई बोलाएर जिम्मा लगाएको थियो । उनलाई नजिकैको क्रिमसन अस्पतालमै लैजाँदै गर्दा मृत्यु भएको मृतक बालिकाका आफन्त भास्कर भण्डारीले जानकारी दिए ।

अहिले विद्यालयमा पूर्व विद्यार्थी र आफन्तले घेराउ र नाराबाजी गरेका छन् । विद्यालयका शिक्षकलाई पनि केही दिन अगाडी कोरोना देखिएको जनाइएको छ । बालिकाको मृत्यु पनि कोरोनाको कारण भएको हुनसक्ने आशंका गरिएको छ । गुल्मी मजुवा घर भएका तिलोत्तमा नयाँमिलमा ठूली आमाको सम्पर्कमा रहेकी प्रतिमाको मृत्यु भएपछि होस्टेलमा बस्ने अन्य विद्यार्थीलाई पनि विद्यालयले घर पठाएको छ ।

क्रिमसन अस्पताल प्रशासनले बालिकालाई अस्पताल ल्याउँदै मृत्यु भइसकेको जनाएको छ । विद्यालयका सहप्राचाय किराँतले भने, ‘प्रतिमालाई ज्वरो आएपछि हामीले विहान फोन गरेर अभिभावकको जिम्मा लगाएका हौं । विद्यार्थीले हात हल्लाएर बिदा गरेकी हुन् । उहाँहरुले नै अस्पताल लैजानुभएको हो । अस्पताल लगेपछि मृत्यु भएको खवर आयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *