कुशल भुर्तेल प्लेयर अफ द सिरिज, करण केसी म्यान अफ द म्याच – Nepal Press

कुशल भुर्तेल प्लेयर अफ द सिरिज, करण केसी म्यान अफ द म्याच

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपालका ओपनर कुशल भुर्तेल प्लेयर अफ द सिरिज बनेका छन् । प्रतियोगितामा ४ अर्धशतक बनाएका उनी यो अवार्डका स्वभाविक हकदार थिए ।

डेब्यू प्रतियोगितामै कुशलले शानदार ब्याटिङ गर्दै सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । प्रतियोगिताभर उनले ५ म्याच खेल्दा उनले २ सय ७८ रन जोड्न सफल भए । उनले ६९.५०को औसत र १४०.४० को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् ।

कुशलले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७७ रन बनाएका छन् । यद्यपि, फाइनलको म्यान अफ द म्याच पुरस्कार भने करण केसीलाई दिइएको छ । ब्याटिङमैत्री पिचमा उनले आज तीन विकेट लिएका थिए । कसिलो बलिङ गरेका उनले तीन ओभरमा ११ रन मात्रै खर्चेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर