तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु – Nepal Press

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु

खोटाङ । हलेसीस्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् ।

बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सह–चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको छ । दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको छ ।

उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउसो सँवा २ बजे दुर्घटना भएको बसलाई साईड लगाई बाटो सूचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर