‘कबड्डी ४’ फिल्म शुभ-मुहूर्त, छायांकन कोरोनाको परिस्थितीमा निर्भर हुने – Nepal Press

‘कबड्डी ४’ फिल्म शुभ-मुहूर्त, छायांकन कोरोनाको परिस्थितीमा निर्भर हुने

काठमाडौं । शनिबार फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को शुभ मुहूर्त गरिएको छ । आगामी साता छायांकन सुरु हुने फिल्मको मुहूर्तमा कलाकार, प्राविधिक, निर्माता एवं निर्देशक सहभागि थिए ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया यात्री लगायत फिल्मका अन्य कलाकार मुहूर्तमा उपस्थित रहे । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मलाई मुस्ताङमा छायांकन गरिने भएको छ ।

आउने सातादेखि छायांकन गर्ने भनिएपनि निधो चाहिँ कोभिड-१९ महामारीमा निर्भर हुने निर्माता मणीराम पोखरेलले जानकारी दिए । सरकारले बैशाख मसान्तसम्म फिल्म हलहरु बन्द गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर