पूर्व राजकुमारी प्रेरणालाई पनि कोरोना संक्रमण,बुबा आमासँगै नर्भिक अस्पताल भर्ना – Nepal Press

पूर्व राजकुमारी प्रेरणालाई पनि कोरोना संक्रमण,बुबा आमासँगै नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्व राजाकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना संक्रमण भएको छ ।

उनलाई पनि शनिबार नै पूर्व राजा रानी ज्ञानेन्द्र र कोमलसँगै नर्भिक अस्पतालमै लगिएको छ । पूर्व राजा ज्ञानेन्द्र हालै हरिद्धारामा आयोजित कुम्भ भेलामा सहभागी भएका थिए ।

कुम्भ भेलामा सहभागी लाखौंमा कोरोना संक्रमण भएको भारतीय मिडियाले जनाएका छन् । भारतबाट फर्के लगत्तै पूर्व राजा रानीमा संक्रमण पुष्टि भएको थियो ।

छोरीमा पनि बुबा आमाबाटै संक्रमण सरेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर