कोरोना जोखिम बढेपछि रुपन्देहीका हाट बजार बन्द – Nepal Press

कोरोना जोखिम बढेपछि रुपन्देहीका हाट बजार बन्द

रूपन्देही । कोराना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरू बन्द गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको हो ।

बुटवल ६ मा रहेको पुरानो हाटबजार शनिवार विहान देख प्रहरी परिचालन गरी हाटबजार बन्द गराइएको हो । बिहान बजारमा समान लिएर गएका व्यवसायीहरु आ आफ्नो सामान लिएर फिर्ता गएका छन् ।

यता दैनिक उपभोग्य बस्तु , तरकारीको हाटबजारमा व्यवसाय गर्दे आएका व्यवसायीहरुले भने आफुहरुले भौतिक दुरी कायम गरेर तरकारी बिक्री गर्न पाउनुपर्ने माग गरेका छन् ।

च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको वस्तुको उत्पादन सहज रुपमा बिक्री गर्न पाउनुपर्ने बताए । उनले खासगरी किसानकाे उत्पादित वस्तु खेर जान नदिनका लागि हाटबजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर वस्तु बिक्री  गर्न पाउनुपर्ने बताए ।

यसको लागि च्याउलगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरू सकारात्मक रहेको उनको भनाइ छ ।

रुपन्देहीमा शनिबारदेखि लाग्दै आएका सबै हाटबजारहरू बन्द भएपछि हाटबजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन बिक्री गर्ने वातावरण मिलाउन आग्रह गर्ने भएको छ ।

जसका लागि आइतबार समय तय गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर