बौद्ध दर्शनमा पिएचडी गरेका तामाङलाई खेन्पोको उपाधि – Nepal Press

बौद्ध दर्शनमा पिएचडी गरेका तामाङलाई खेन्पोको उपाधि

काठमाडौं । २२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेका मकवानपुर हेटौडाका सर्वजित गोङ्बा तामाङले ‘खेन्पो’ उपाधि प्राप्त गरेका छन् । यो बौद्दमार्गीहरुले विरलै पाउने उपाधि हो ।

बौद्ध दर्शनमा (पिएचडी) गरेपछि तामाङले खेन्पो उपाधि पाएका हुन् । यसले नेपालका बौद्ध धर्माम्बलीहरुमा खुसीयाली छाएको छ ।

श्री कर्म लेग्शेलिङ गुम्बा उच्च बौद्ध विश्वविद्यालय स्वयम्भुमा एक विशेष कार्यक्रम आयोजना गरी धर्मगुरु बिच छोड्जेन लामा फुन्छोक रुपोन्छेको हातबाट उनलाई उपाधी प्रदान गरिएको थियो । बौद्ध पञ्च महाशास्त्रको अध्ययन गरेर बौद्ध दर्शनमा खेन्पो उपाधी पाउनु निकै चुनौतीपूर्ण मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर