कन्सुलर सेवा विभागले एक पटकमा २५ जनालाई मात्र सेवा दिने – Nepal Press

कन्सुलर सेवा विभागले एक पटकमा २५ जनालाई मात्र सेवा दिने

काठमाडौं । कन्सुलर सेवा विभागले आइतबारदेखि एक पटकमा २५ जनाका दरले सेवाग्राहीलाई प्रमाणीकरणमा सहभागी गराउने भएको छ । विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने गरी दैनिक कार्य सञ्चालन गर्नका लागि प्रमाणीकरण गर्ने कार्यमा हुने भिडभाडलाई न्यूनीकरण गरेर काम सञ्चालन गर्न यस्तो निर्णय गरिएको जनाएको हो ।

विभागका अनुसार आइतबार अर्थात १२ गते देखि लागू हुने गरी प्रमाणीकरणको समय बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । प्रमाणीकरण कार्यका लागि सोधपुछ काउन्टरमा वैशाख ८ गतेदेखि नै बिहान ८ बजेबाट नै सङ्केत नम्बरसहितको फारम वितरण सुरु भइसकेको विभागका महानिर्देशक जिबनप्रकाश श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सामाजिक दुरीलगायतका कार्यलाई ध्यान दिइने छ। नेपाल प्रहरीबाट हुने प्रहरी रिपोर्टका लागि विभागको प्रमाणीकरण नगरेर पनि  विदेशी नियोगमा पेस गर्न सकिने विभागले जनाएको छ ।

यस्ता छन् सर्तहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *