एमालेभित्र पालिकादेखि केन्द्रसम्म ३३ प्रतिशत महिलाको सहभागिता शुनिश्चित गर्न माग – Nepal Press

एमालेभित्र पालिकादेखि केन्द्रसम्म ३३ प्रतिशत महिलाको सहभागिता शुनिश्चित गर्न माग

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले पार्टीभित्र स्थानीय तहदेखि केन्द्रसम्म महिलाहरुको ३३ प्रतिशत उपस्थिति शुनिश्चित गर्न माग गरेको छ।

संघले शुक्रबार प्रस्तावका रुपमा यस्तो व्यवस्थाको माग गरेको हो । शुक्रबार नै सकिएको एमालेको १० औं महाविधेशन आयोजक कमिटीको बैठले गठन गरेको १९ सदस्यीय स्थायी कमिटीमा १ जना पनि महिला नपरेपछि आलोचना भइरहेको छ। एमालेको हालको केन्द्रीय आयोजक कमिटीमा महिला संख्या जम्मा १५ प्रतिशत मात्रै छ।

महाधिवेशनबाट एकैचोटी संख्या बृद्धि गर्ने कुरा कठीन हुन सक्ने भन्दै अनेमसंघले आयोजक कमिटीमा नै एक तिहाई महिला सहभागिताको व्यवस्था गरेर लैजानुपर्ने माग गरेको हो।

संघले स्थायी कमिटीमा महिलाहरुको प्रतिनिधित्व गराउन, महाधिवेशन आयोजक कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन माग गरेको छ। त्यस्तै बिभागको प्रमुख, उपप्रमुखहरुमा महिलाहरुको उल्लेख्य संख्या बढाउनुपर्ने मत पनि संघको छ।

त्यस्तै भूगोल इन्चार्ज, सहईन्जार्ज तथा अध्यक्ष, सचिव तथा पदाधिकारीहरुमा महिलाको संख्या उल्लेख्य संख्या बढाउनुपर्ने माग समेत गरिएको छ। केन्द्रमा नभइ प्रदेश कमिटी र जिल्ला कमिटीहरुमा ३३ प्रतिशत महिला सहभागिताको प्रावधानलाई पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने माग समेत गरिएको छ।

त्यस्तै पालिका, वडाहरुमा कम्तिमा ४० प्रतिशत महिलाहरुको सहभागिता बृद्धि गर्नुपर्ने माग गरिएको छ। साधारण सदस्यहरुमा ५० प्रतिशत महिलाहरुलाई सहभागी बनाउन माग गरिएकोमा जिल्ला अध्यक्ष र सचिवमध्ये एकजना महिला बनाउनुपर्ने समेत सुझाव दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर