विदेशमा फिल्म फेस्टिभल गर्ने सरकारी तयारी, परराष्ट्रमन्त्री भन्छन् – फिल्मको अन्तर्राष्ट्रियकरणमा टेवा पुग्छ – Nepal Press

विदेशमा फिल्म फेस्टिभल गर्ने सरकारी तयारी, परराष्ट्रमन्त्री भन्छन् – फिल्मको अन्तर्राष्ट्रियकरणमा टेवा पुग्छ

काठमाडौं । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारले विदेशमा फिल्म फेस्टिभलहरु आयोजना गर्ने तयारी गरिरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

शुक्रबारदेखि राजधानीमा सुरु भएको नेपाल-अफ्रिका फिल्म फेस्टिभल शुभारम्भ गर्दै मन्त्री ज्ञवालीले फिल्म क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको र त्यससलाई पुनर्उत्थान गर्न सरकार गम्भिर रहेको बताए ।

ज्ञवालीले भने, ‘नेपाली फिल्महरुको अन्तर्राष्ट्रियकरण गर्ने, फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्र, मञ्चहरुबाट प्रदर्शित गर्ने विषयमा कसरी अगाडी बढ्न सकिन्छ, नेपाल फिल्म भेस्टिभल कसरी आयोजना गर्न सकिन्छ अन्तर्राष्ट्रिय रुपमा, हामी छलफल गर्नेछौं ।’

फेस्टिभल निर्देशक मञ्जु मिश्रले अफ्रिकी देशहरुको प्रतिनिधित्व गर्ने ५४ वटा फिल्म फेस्टिभलमा प्रदर्शन गर्न लागिएको बताइन् । नेपाल र अफ्रिकाबीचको दूरी घटाउँदै अफ्रिकीको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि भेस्टिभलले सहयोग गर्ने उनले जनाइन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल-अफ्रिका फिल्म फेस्टिभलले नेपाल र अफ्रिकाबीचको रहनसहन, भाषा, सभ्यतालाई नजिक बनाउने बताए । फेस्टिभल शनिबारसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर