सक्रिय संक्रमित झन्डै १५ हजार, शुक्रबार २५ सय संक्रमित थपिए – Nepal Press

सक्रिय संक्रमित झन्डै १५ हजार, शुक्रबार २५ सय संक्रमित थपिए

संक्रमित हुनेमा २० देखि २९ वर्ष उमेर समूहका बढी

काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका २,५५९ जना संक्रमित थपिएका छन् । ९,६६४ वटा पीसीआर र एन्टीजेनका नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

कूल संक्रमित संख्या २ लाख ९४ हजार ६०१ जना पुगेको छ । २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ३,१२२ पुगेको छ ।

४१० जना निको भएका छन् । निको हुनेको संख्या २ लाख ७६ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या १४ हजार ७२४ पुगेको छ ।

शुक्रबार सबैभन्दा बढी संक्रमित हुनेमा २० देखि २९ तथा ३० देखि ३९ वर्ष उमेर समूहका छन् । १९९ जना बालबालिका संक्रमित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर