चट्याङमा परी ४ जनाको मृत्यु – Nepal Press

चट्याङमा परी ४ जनाको मृत्यु

काठमाडौं । बर्षात सँगै देशका विभिन्न स्थानमा परेको चट्याङमा परी ४ जनाको मृत्यु भएको छ ।
हावाहुरी सहित परेका चट्याङमा परी मोरङ, भोजपुर, खोटाङ र रौतहटमा चार जनाको बिहीबार ज्यान गएको हो । मोरङको कानेपोखरी–२, खोटाङको दिप्रुङचुईचुम्मा–६, भोजपुरको आमचोक–९ र रौतहटको गुजरा–८ मा चट्याङ परेर मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पाधिकरणले जनाएको छ ।
बिहीबार देशका दश स्थानमा मेघ गर्जन सहित चट्याङ पर्दा अन्य ४ जना गम्भिर घाईते भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार चट्याङ, आगलागी, हावाहुरी, पहिरो र जनावर आक्रमणका २७ वटा घटनामा ६२ लाख ८९ हजार बराबरको क्षति भएको उल्लेख छ ।
बैशाख १ गतेयता एक सय ६० वटा विपद्का घटना घटेकोमा १० जनाको मृत्यु, ३२ जना घाईते हुनुको साथै १५ करोड ७५ लाख बराबरको क्षति भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर