एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई – Nepal Press

एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो ।

पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड-माधव समूह छाडेर केपी ओली पक्षमा लागेका थिए । यसअघि कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ थिए ।

नेकपा एकीकरणपछि ईश्वरी रिजाल र श्रीराम ढकाल कार्यालय सचिव रहेकोमा ढकाल माओवादीका नेता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर