बर्दिया कांग्रेसका जिल्ला कार्यसमिति सदस्यको सामूहिक राजीनामा, गुण्डा परिचालन गरी पार्टी चलाएको आरोप – Nepal Press

बर्दिया कांग्रेसका जिल्ला कार्यसमिति सदस्यको सामूहिक राजीनामा, गुण्डा परिचालन गरी पार्टी चलाएको आरोप

रूपन्देही । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले संयुक्त रूपमा राजीनामा दिएको छ । पार्टी कार्यालयमा तालाबन्दी गरी बाहिर गुन्डा परिचालन गरेकाले आफूहरू काम गर्न नसक्ने भन्दै कार्यसमितिले राजीनामा दिएको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्ने महत्त्वपूर्ण समयमा पार्टीका नेताहरूमाथि गुन्डाहरू ल्याइ हातपात तथा मानसम्मानमा गम्भीर आँच आउने कार्य गरेको भन्दै पार्टीमा अराजकता रहेसम्म काम गर्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको काममा कार्यवाहक सभापति मिश्रीलाल यादव, महासमिति सदस्य विद्याप्रसाद खनाल पार्टी सचिव जीवन मल्ल, जिल्ला कार्य समिति सदस्य मेघ बहादुर गुरुङ लगायतका खटिरहँदा क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्वसचिव तेजबहादुर भाटलगायतले अराजक जत्था ल्याइ पार्टी कार्यालयमा तालाबन्दी गरेको भन्र्दैउनीहरुले राजीनामा दिएका हुन् ।

सदस्यता नवीकरण भइरहेका बेला सचिवालय कक्षमा प्रवेश गरेर लछार पछार गरी पार्टी कार्यालय बाहिर ल्याइ पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्तो घृणित, अनुशासनहीन कार्य गरेको हुँदा यस्ता अनुशासनहीन कार्यलाई निरुत्साहित गर्न निजहरूलाई पार्टी अनुशासनको कारबाही गर्न अनुरोध गर्दछौँ ‘ राजीनामा पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर