माधव नेपालको टिप्पणी- केपी ओलीले धरहरातिर हेर्दै दम्भ देखाए (भिडियो) – Nepal Press

माधव नेपालको टिप्पणी- केपी ओलीले धरहरातिर हेर्दै दम्भ देखाए (भिडियो)

बालुवाटारको डिनरपछि वामदेवजीले मलाई फोन गर्नुभो, अब मिलेर लड्छौं

जनकपुरधाम । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफूलाई कसैले कारवाही गर्न नसक्ने जिकिर गरेका छन् ।

शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर नहिँड्ने प्रष्ट्याए । पार्टीले सोधेको स्पष्टीकरणबारे नेपालले आफैंले पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र संसदबाट हटाउन सकिने उल्लेख गरे । आफूहरुसँग बहुमत भएको तर अध्यक्ष ओलीलाई कारबाही भने नगर्ने उनको भनाइ थियो ।

‘केपी शर्मा ओलीको दम्भ भर्‍याङ उक्लेर धरहराभन्दा माथि बसेको छ’, नेता नेपालले भने, ‘त्यसैले हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनु भएको थियो ।’ ओलीमा भएको दम्भको कुनै अर्थ नरहेको भन्दै नेपालले आफूहरु आन्दोलन, पार्टी र लोकतन्त्र नछाड्ने दोहोर्‍याए ।

ओलीले फागुन २८ को निर्णय फिर्ता गर्न नमानेकै कारण सहमति नभएको उनले बताए । उनले भने, ‘मैथिलीमा भनिन्छ- मन चङ्गा त कठौतीमा गंगा । तर ओलीको मन नै चङ्गा (शुद्ध) छैन ।’

‘मैले भनेको थिए बालुवा पेलेर तेल निस्किने बेला छैन’,पत्रकार सम्मेलनमा नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छँदै छैन । वामदेवजीले तैपनि पेल्नुस् न एकपटक भनेपछि छलफलमा गयौं । तर, बालुवा पेलेर तेल निस्किनेवाला छैन । केपी ओली सुध्रिनेवाला छैन ।’

केपी ओलीले फागुन २८ को निर्णय फिर्ता नलिने अडान राखेपछि डिनर छाडेर हिँडेको कुरा वामदेव गौतमले आफूलाई फोन गरेर बताएको नेता नेपालले बताए । उनले भने, ‘अब पार्टी नबच्ने भन्दै केपी ओलीविरुद्ध उभिनैपर्ने भयो छलफल गर्नुपर्ने भो भन्नुभो ।’


प्रतिक्रिया

One thought on “माधव नेपालको टिप्पणी- केपी ओलीले धरहरातिर हेर्दै दम्भ देखाए (भिडियो)

  1. यस्ता यस्ता चेपारे कुरा नगरौ कमरेड कुनै दिन तपाईं लाइ प्रचण्डले सहारा दिन सक्दैनन् किनकि प्रचण्ड भन्दा शक्तिशाली जनार्दन र काजि भैसके , समयले कोल्टे फेरिसक्यो तपाइको अहंकारले केपी ओलीको रौ हल्लिदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर