कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम्फालेर भागेपछि… – Nepal Press

कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम्फालेर भागेपछि…

कैलाली । कैलालीमा ३ जना कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेका छन् ।

त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजान लाग्दा चल्दै गरेको एम्बुलेन्सबाट हाम्फालेर भागेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

नेपालमा कामदारको रूपमा ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो । ३ जनामा संक्रमण देखिएपछि उनीहरूलाई आइसोलेसनमा लैजान लागिएको थियो ।

आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् ।

‘स्पिडमै चलाइरहेको थिएँ, एक्कासी हाम्फाले,’ एम्बुलेन्स चालक दिनेश लामाले भने,  ‘रोक्न/समाउन खोज्दा भागेर जंगल पसे ।’ एम्बुलेन्समा ७ जना संक्रमित थिए । ती मध्ये ४ जना नेपालीलाई भने आइसोलन राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *