एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ? – Nepal Press

एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?

काठमाडौं । आन्तरिक विवादले पार्टी बिभाजनसम्मको जोखिम बढिरहेको समयमा सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।

विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो ।

अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

रसम्म सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।

यसबीचमा आन्तरिक विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र विहीबार गरी दुईपल्ट वर्ता भएको थियो । वार्ताबाट सकारात्मक परिणाम नआएको माधव पक्षको भनाई छ ।

आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ । केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर