ला लिगामा बार्सिलोनाले गेटाफेलाई हराउँदा मेस्सीको दुई गोल – Nepal Press

ला लिगामा बार्सिलोनाले गेटाफेलाई हराउँदा मेस्सीको दुई गोल

एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरेपछि स्पेनिस ला लिगामा बासिर्लानोले गेटाफेमाथि ५–२ गोलअन्तरको जित हासिल गरेको छ । यो जितले बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा मेस्सीले खेलको आठौं मिनेटमै गोलको खाता खोलेका थिए । त्यसको चार मिनेटपछि नै क्लेमेन्ट लेङलेटले आत्मघाती गोल गर्दा गेटाफेले खेल बराबरीमा ल्यायो ।

तर गेटाफेका गोलरक्षक डेभिड सोरिया र सोफियन चाक्लाबीचको तालमेल नमिल्दा भएको आत्मघाती गोलमार्फत बार्सिलोनाले २८ औं मिनेटमा पुनः अग्रत बनायो । ३३ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरी पहिलो हाफमा टिमलाई ३–१ को अग्रता दिलाए ।

६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी इनेस उनालले गेटाफेलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्तिम ६ मिनेटमा रोनाल्ड अराउजो र एन्टोइन ग्रिजमनले गोल गरी टिमको शानदार जित निश्चित गरे ।

यो जितपछि बार्सिलोनाले सेभियालाई पछि पारी तेस्रो स्थानमा उक्लिएको छ । ३१ खेलबाट बार्सिलोनाको ६८ अंक छ । एक खेल बढी खेलेको रियल मड्रिडको ७० र एट्लेटिको मड्रिडको ७३ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *