एनआरएनद्वारा पुनःनिर्माण सम्पन्न लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण – Nepal Press

एनआरएनद्वारा पुनःनिर्माण सम्पन्न लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण

गोरखा । २०७२ सालको विनाशकारी भूकम्पले प्रभावित यहाँको लाप्राकस्थित धार्चे गाउंपालिका-४ मा पुनःनिर्माण भएका ५७३ वटा नीजि आवास स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको छ । गैरआवसिय नेपाली संघ (एनआरएनए)ले पुनःनिर्माण गरेको बस्ती लालपूर्जासहित लाभग्राहीलाई प्रदान गरिएको हो ।

विहिबार एनआरएन अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोहबीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा धनीलाई प्रदान गरे । साथै दाताहरुको नाम उल्लेखित शिलापत्र समेत अनावरण गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र एनआरएनबीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।

प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले वस्ती हस्तान्तरण गर्न पाएकोमा सरकारको तर्फबाट एनआरएन तथा अन्य सहयोगीप्रति आभार व्यक्त गरे । उनले पूर्वाधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने बचन दिए ।

एनआरएन अध्यक्ष पन्तले संघको अथक प्रयास र परिश्रमबाट बस्ती निर्माण भई बस्ती हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउँदै निर्माण गर्नभन्दा त्यसको हेरचाह गर्नु कठिन भएको बताए ।

एनआरएन उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाका अनुसा ले झण्डै ५७ करोड ६६ लाखको लागतमा उक्त बस्ती निर्माण भएको हो ।

नेपाली सेनाको सहायक रथी कुमारबाबु थापाले पुनःनिर्माणको कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वीत भएको बताउँदै सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *