माधव नेपाललाई जनकपुरमा माओवादी नेताको स्वागत, भने– कसरी अघि बढ्नेबारे पछि भन्छु – Nepal Press

माधव नेपाललाई जनकपुरमा माओवादी नेताको स्वागत, भने– कसरी अघि बढ्नेबारे पछि भन्छु

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनकपुर विमानस्थलमा माओवादी नेताले स्वागत गरेका छन् ।

काठमाडौंमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफललगत्तै जनकपुरधाम आएका नेता नेपाललाई एमालेसंगै माओवादी नेताले पनि स्वागत गरेका हुन् । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा र रामकुमार शर्मा नेता नेपाललाई स्वागत गर्न फुलमाला बोकेर विमानस्थल पुगेका थिए ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिंदै नेता नेपालले अध्यक्ष ओलीसंग केहि सहमति नभएको बताए । उनले भने, ‘अब कसरी अगाडि बढ्नेबारे पछि भन्छु ।’

नेता नेपाल अहिले जनकपुरको सिताशरण होटल पुगेका छन् । उनी यदुवंश झा नातीको ब्रतबन्ध र मोडल क्याम्पस जनकपुरका संचालक वीरेन्द्र साहको छोराको विवाहमा सहभागी हुन जनकपुरधाम आएको बताइएको छ ।


प्रतिक्रिया

One thought on “माधव नेपाललाई जनकपुरमा माओवादी नेताको स्वागत, भने– कसरी अघि बढ्नेबारे पछि भन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर