राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद – Nepal Press

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ ।

उपनिर्वाचनका लागि दल दर्ता गर्ने समयावधि वैशाख १० देखि १४ सम्म निर्धारण गरिएको छ ।

वागमती प्रदेशबाट निर्वाचित सांसद थापा नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेको थियो । राष्ट्रियसभाको रिक्त स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानका कारण बिहीबारदेखि नै उपनिर्वाचनको तयारी शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ताको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर