टी–१० क्रिकेटः गोर्खा वारियर्स र मास्टर्स–११ विजयी – Nepal Press

टी–१० क्रिकेटः गोर्खा वारियर्स र मास्टर्स–११ विजयी

रुपन्देही । भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा गोर्खा वारियर्स क्रिकेट क्लब र मास्टर्स–११ विजयी भएका छन् । गोर्खा वारियर्सले बुद्ध क्रिकेट क्लबलाई ५ विकेट र मास्टर्स–११ ले डीए स्पोट्र्सलाई ५ रनले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले ८ विकेटको क्षतिमा ६२ रन बनायो । उसका लागि रुपेश कुर्मीले ३२ र जयप्रकाश शर्माले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङमा गोर्खा वारियर्सका सुभाष विकले २, करण विक, शेषदत्त थारु, प्रदीप सुवेदी र सुमन पन्थीले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोर्खा वारियर्सले ७ ओभर ३ बलमा २ विकेटको क्षतिमा ६३ रन बनाउँदै जित निकाल्यो । उसका लागि महेश रानाले अविजित ३१ र राहुलले २८ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मी र सुरज गुरुङले १÷१ विकेट लिए । सुभाष विक म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मास्टर्स–११ ले ५ विकेटको क्षतिमा ७८ रन बनायो । उसका लागि रुपेश बास्तोलाले २७, आदित्य त्रिपाठीले १६ र सुजन मकाजुले १३ रन बनाए । बलिङमा डीए स्पोट्र्सका मुकेश प्रजापतीले २, रियाज उद्दिन खान र लक्ष्मण परियारले १÷१ विकेट लिए ।

जवाफमा डीए स्पोट्र्सले ५ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो । उसका लागि सुजन गौतमले २२, रियाज उद्दिन खानले १४ र अभिषेक पटवाले अविजित ११ रन जोडे । बलिङमा मास्टर्स–११ का अजय यादव, सामोद पौडेल र अनिल जैसवालले १÷१ विकेट लिए । सामोद पौडेल म्यान अफ द म्याच भए ।

शुक्रबार तिरुपति क्रिकेट क्बल र घिनाहा–११ तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र जीआर एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *