झुक्किएर बन्दुक पड्किँदा… – Nepal Press

झुक्किएर बन्दुक पड्किँदा…

कैलाली । शिकार खेल्ने क्रममा झुक्किएर बन्दुक पड्किँदा कैलालीमा एक जना प्रहरीको फन्दामा परेका छन् ।

आफूले बोकेको बन्दुकको गोली लागेर साथी घाइते भएपछि गौरीगङ्गा नगरपालिका ७ इन्द्रपुरका वीरबहादुर थापामगर पक्राउ परेका हुन् ।
जिल्लाको गौरीगङ्गा नगरपालिका-९ स्थित शिबशकंर सामुदायिक वनमा शिकार खेल्ने क्रममा थापा मगरले बोकेको बन्दुक पड्किदा इन्द्र बहादुर बिक घाइते भएका थिए ।

सिकार खेल्न गएका थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । थापामगरको साथबाट २ थान भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको जनाएको छ । सामुदायिक वनमा चोरी सिकारी गर्न गएको बेला बन्दुक पड्किएर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

थापामगरले बोकेको बन्दुक पड्किएर बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताए ।
झुक्किएर बन्दुक पड्किँदा उनी घाइते भएको डिएसपी चौधरीले बताए । घाइतेको खुट्टामा गोली लागेको छ ।

घाइतेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र दुबै जनालाई अबैध हातहतियार र बन्यजन्तु चोरी तस्करी सम्बन्धी मुद्दामा अनुसन्धान गरिने प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *