‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’ – Nepal Press

‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दोस्रो दिन पनि वार्ता भएको छ ।

नागपोखरीस्थित मेरियट होटलमा बिहीबारको वार्ता करिब डेढ घण्टा चलेको थियो । वार्ता सकिएलगत्तै ओली होटलबाट बाहिरिएका थिए भने माधव नेपाल प्रधानमन्त्रीका आर्थिक सल्लाकार मोतिलाल दुगडसँग छलफलमा जुटेका थिए । दुगड जसले नेताद्वयबीचको वार्ताको व्यवस्थापन मिलाएका हुन् ।

संचारकर्मीसँग प्रतिक्रिया दिँदै दुगडले भने, ‘तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ । यो घाउ एक दुई ओटा वार्तामा टुंगिदैन । यो वार्ता हिजोभन्दा आज सकारात्मक भयो । आजभन्दा भोलि सकारात्मक हुने छ । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । पार्टीलाई टुट्न दिनु हुन्न यही विषयमा छलफल भएको छ ।’

वार्ता सकिएपछि माधव नेपालले मसँग चिया खाउँ भनेकोले केही क्षण चिया पिएर बसेको दुगडले जानकारी दिए । उनले भने, ‘उहाँले चियामा अलिकति चिनी कम भयो भनेर थप्नुभयो । अरु कुरा भएन । तर, उहाँको स्पष्ट धारणा के छ भने म यो पार्टीलाई टुटाउने पक्षमा छैन । यो पार्टीलाई जोडेरै जान्छु भन्नुभएको छ ।’


प्रतिक्रिया

One thought on “‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’

  1. को दुगड? को झुनझुनवाला र टिवडेवाला?? यी कहिलेका एमाले हुन??? मेरो होइन बिरोध खतिवडाको प्रश्न हो यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर