डेब्यूमा कमलसिंहले लिए ३ विकेट – Nepal Press

डेब्यूमा कमलसिंहले लिए ३ विकेट

काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आज डेब्यू गरेका कमलसिंह ऐरीले पहिलो खेलमै शानदार बलिङ गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी ट्राई नेसन टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत बिहीबार भएको मलेसियाविरुद्धको खेलमा कमलसिंह पहिलो पटक नेपालको जर्सी लगाएर टी-२० क्रिकेट खेल्न मैदानमा उत्रिएका थिए ।

पहिलो खेलमै शानदार बलिङ गरेका कमलले ३.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । उनको शानदार बलिङ मद्दतमा दोस्रो इनिङमा २१८ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले १९.१ ओभरमा अल आउट गरेको थियो ।

राष्ट्रिय प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबबाट क्रिकेट खेल्दै आएका २० वर्षीय दायाँहाते मिडियम पेसर कमलले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

केही महिना अगाडि काठमाडौंमा नै भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका कमलले सिरिजमा आज पहिलो पटक मौका पाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर