मेरियटबाट निस्किएर माधवले भने- म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति छैन – Nepal Press

मेरियटबाट निस्किएर माधवले भने- म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति छैन

काठमाडौं । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा खास प्रगति नभएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

नागपोखरिस्थित होटल मेरियटमा आज दोस्रो दिनको वार्तापछि बाहिरिएका नेता नेपालले सञ्चारकर्मीसँग सक्षिप्तमात्र प्रतिक्रिया दिए । टाढैबाट हात हल्लाउँदै नेपालले भने, ‘ म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’

नेताद्वयबीच लामो समयदेखिको संवादहिनता तोड्दै हिजोदेखि २ चरणमा वार्ता भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर