परराष्ट्रमन्त्रीले विमोचन गरे राष्ट्रसंघ र परराष्ट्र नीतिबारेको पुस्तक – Nepal Press

परराष्ट्रमन्त्रीले विमोचन गरे राष्ट्रसंघ र परराष्ट्र नीतिबारेको पुस्तक

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्व शान्ति र विकासमा राष्ट्रसंघले पुर्‍याएको योगदानको चर्चा गर्दै नेपाली सहयोग निरन्तर हुने बताएका छन् ।

विहिबार राजधानीमा आयोजित समारोहमा ‘नेपालको परराष्ट्र नीति र राष्ट्रसंघ’ नामक पुस्तक विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रसंघको पञ्चशिल सिद्धान्तमा नेपाल अडिग रहेको बताए ।

कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले नेपाल र राष्ट्रसंघको सम्बन्ध र योगदानको बारेमा बोलेका थिए । युनाइटेड नेसन्स एसोसियसन अफ नेपालले उक्त पुस्तक प्रकाशित गरेको हो ।

उक्त पुस्तकमा राष्ट्रसंघ र नेपालको भूमिका, सम्बन्ध र कूटनीतिका विविध आयामबारे उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर