चिया उद्योगमा आगलागी

२०७८ वैशाख ९ गते १६:५०

सांकेतिक तस्बिर
इलाम । चिया पकाउने क्रममा ग्यास लिक हुँदा इलामको एक चिया उद्योग जलेको छ ।
सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आगलागी भएको हो । आगलागीबाट भण्डारमा रहेको १० लाख मूल्य बराबरको ४५ बोरा चिया जलेर नष्ट भएको छ ।
कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको प्रहरीले बताएको छ । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले इलामले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर