तीन दिनदेखि हराएका तीन बालिका भारतको कानपुरमा भेटिए – Nepal Press

तीन दिनदेखि हराएका तीन बालिका भारतको कानपुरमा भेटिए

रुपन्देही । तीन दिनदेखि हराएका कपिलवस्तु महाराजगंज नगरपालिका– ८ कजराहवाका तीन बालिका भारतको कानपुरमा फेला परेका छन् ।

मंगलबार दिउँसो ११ बजेतिर कजराहावको सिंग्रहाका बालिका घरबाट अचानक गायब भएका थिए । कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले हराएका बालिकाहरु भारतको कानपुमार फेला परेका जानकारी दिएका छन् ।

उनले भने – ‘कानपुरमा प्रहरी टोली पुगिसकेको छ, रातिसम्म उनीहरु जिल्लामा आइसक्छन् ।’ बालिकाहरु किन र कसरी त्यहाँ पुगे त्यस विषयमा बालिकाहरु जिल्ला आएपछि थाहा हुने उनले बताए ।

जितबहादुर पासीका १३ वर्षीया छोरी राधा पासी, तथा प्रेम कहारकी छोरीहरु ८ वर्षीया काजोल र ५ वर्षीया आचल आफ्नो घरबाट हराएको वडाध्यक्ष जागेन्द्र केसीले बताए ।

बालिकाहरु घरबाट हराएका विषयमा प्रहरीलाई जानकारी गराइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर