करणको विस्फोटक ब्याटिङमा मलेसियालाई २१८ रनको लक्ष्य – Nepal Press

करणको विस्फोटक ब्याटिङमा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौं । करण केसीको विस्फोटक ब्याटिङप्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका करणले १२ बलमा ७ छक्कासहित ४५ रन बनाएर १३औं बलमा अनवार रहमानको हातबाट क्याच आउट भए ।

त्यसअघि, ओपनिङमा आएका कुशल भूर्तेल १६ रन बनाएर पेभेलियन फर्किँदा अर्का ओपनर आशिफ शेखले कप्तान ज्ञानेन्द्र मल्लसँग ७३ रनको साझेदारी गर्दै ४२ रनको इनिङ खेले ।

उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, वान् डाउनमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले २५ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको योगदान गरे ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा ५ चौका र १ छक्कासहित ३३ बनाएर आउट हुँदा तथा कुशल मल्ल १९ रन बनाएर अविजित रहे ।

मलेसियाका लागि फित्री शाम, अनवार रहमान र साइद अजिजले २/२ तथा मुहम्मद वाफिकले १ विकेट लिए ।

सुरुआती तीनमध्ये दुई खेलमा जित निकालेको नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ । त्यस्तै सुरुआती तीन खेलबाट ५ अंक जोडेको नेदरल्यान्ड पनि फाइनलमा पुगिसकेको छ भने मलेसिया बाहिरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर