नेपाल पक्षका सांसदले बुझाउन थाले स्पष्टीकरण – Nepal Press

नेपाल पक्षका सांसदले बुझाउन थाले स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षका सांसदहरूले आफूलाई सोधिएको स्पष्टीकरण बुझाउन थालेका छन् ।

नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधेको थियो ।

६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरण एकै व्यहोराको छ ।

तोकिएकै समयमा सबै सांसदले एक्लाएक्लै स्ष्टीकरण बुझाउन थालेका हुन् । सांसद जीवनराम श्रेष्ठले बेग्ला बेग्लै गरेर आजै सबैले स्पष्टीकरण बुझाइसक्ने बताएका छन् ।

स्पष्टीकरण बुझाउनुअघि नेपाल पक्षका सांसदहरूले वुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानमा सामूहिक छलफल गरेका थिए। छलफलमा स्पष्टीकरण बुझाउने विषयमा छलफल भएको श्रेष्ठले बाए।

यसैबीच नेता सुरेन्द्र पाण्डले पनि स्पष्टीकरण बुझाएका छन् । पाण्डेले बुझाएको स्पष्टीकरणमा प्रधानमन्त्रीले चालेको कदम विधानविपरीत भएको जिकिर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर