नागरिक एपमा गुनासो सुन्ने फिचर थप – Nepal Press

नागरिक एपमा गुनासो सुन्ने फिचर थप

काठमाडौं । सरकारी सेवाका लागि कागजात बोक्नु नपर्ने उद्देश्यका  सरकारले संचालनमा ल्याएको नागरिक एपमा गुनासो सुन्ने फिचर थप गरिएको छ ।

सार्वजनिक सेवा दिने गरी प्रयोग आएको एपमा नागरिकता फेला नपरेको र नागरिकताको विवरण नमिलेको गुनासो सुन्ने व्यवस्था मिलाइएको हो ।

नागरिक एपमा खाता खोल्दा नागरिकता फेला नपरेको वा विवरण नमिलेको अवस्थामा एपमार्फत प्रयोगकर्ताले गुनासो गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले अन्तिममा रहेको ‘रिक्वेस्ट फर करेक्सन’ अथवा ‘त्रुटी सच्याउने अनुरोध’ मा गएर नागरिकताको अगाडि र पछाडि दुवै तर्फको फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ ।

यसरी अपलोड भएको नागरिकता सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अभिलेख भिडान गरी विवरण मिलाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर