एमाले विभाजन रोक्न ओलीको निर्णायक पहल, आज पनि माधव नेपालसँग वार्ता – Nepal Press

एमाले विभाजन रोक्न ओलीको निर्णायक पहल, आज पनि माधव नेपालसँग वार्ता

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि अर्का नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएका छन् ।

बुधवार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच दुई घण्टा संवाद भएको थियो । आज पनि सोही स्थानमा दिउँसो २ बजे भेटेर सहमतिको लागि अन्तिम प्रयास गर्ने स्रोतले जनाएको छ ।

ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय हुने स्रोतले जनाएको छ । नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि बुधवार वार्ता निष्कर्षमा पुगेका थिएन ।

ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् । नेपालमाथि उनी समूहकै नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्ने वातावरण बनाउन दबाब दिएका छन् ।

पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल दबाबमा छन् । भीम रावल लगायतका नेताहरु भने अहिलेकै अवस्थामा ओलीसँग मिल्न नसकिने अडानमा छन् ।

अध्यक्ष ओलीले शुक्रवारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाललाई आग्रह गरेका छन् । नेपाल पक्षका नेताहरुलाई पनि ओली र ओलीनिकट नेताहरूले बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सुझाव दिदै व्यक्तिगत रुपमा सबैलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर