प्रचण्डको प्रश्न-के भयो नेपालमा ? कस्ले गर्दैछ विचित्रको नौटंकी ? (भिडियो) – Nepal Press

प्रचण्डको प्रश्न-के भयो नेपालमा ? कस्ले गर्दैछ विचित्रको नौटंकी ? (भिडियो)

‘केपी ओलीलाई हामीले पार्टी र संसदीय दलबाट गलहत्याएकै हो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिको आडमा संविधान मिच्ने र नेकपा विभाजित गर्ने काम भएको आरोप लगाएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र पार्टीभित्र घुसेका प्रतिक्रान्तिकारीले मिलेर नेकपा विभाजित गरिदिएको बताए ।

उनले केपी ओलीको नाम नलिई आक्रोश व्यक्त गर्दै अहिले शक्ति सन्तुलन आफ्नो पक्षमा नभएकाले नेकपा विभाजन रोक्न नसकेको बताए । तर, फेरि पनि माधव नेपाल पक्षसँग एकता र मोर्चा निर्माणको काम हुने प्रचण्डको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले आफूहरूले नेकपाको बहुमतले केपी गलत प्रवृतिको खलनायक केपी ओलीलाई पार्टीबाट गलहत्याएको बताए । आफूहरू अहिले पनि पराजित नभएको उनको भनाइ थियो ।

प्रचण्डले भने, ‘गलत प्रवृतिको खलनायकहरुलाई हामीगगले गलहत्याएकै थियौं । कानुन सम्मत तरिकाले निकालेकै हो पार्टीबाट । हामीले सिस्टम अन्तर्गत नै प्रतिनिधिसभाका बहुमत सदस्यले दलको नेताबाट पनि फालेकै हो । सबैले यो कुरामा ध्यान दिन जरुरी छ । के भयो नेपालमा ? कसले गर्‍यो यो विचित्रको नौटंकी ?’

प्रचण्डले फेरि पनि कम्युनिष्ट पार्टी एकताको पहल जारी राखिने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर