कोरोना संक्रमण बढेपछि बर्दगोरियाका विद्यालय बन्द – Nepal Press

कोरोना संक्रमण बढेपछि बर्दगोरियाका विद्यालय बन्द

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका सम्पूर्ण विद्यालय १० दिनका लागि बन्द गरिएको छ ।

कोरोना संक्रमण बढ्न थालेको भन्दै बिहीबारदेखि १८ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बलीराम डगौरा थारुले जानकारी दिए ।

‘बुधबार बसेको गाउँपालिकाको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो’ उनले भने, ‘आजदेखि विद्यालय बन्द भइसकेका छन् । ’

यसअघि कैलालीमा कोरोनाको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले पनि १० दिन विद्यालय बन्द गर्न अनुरोध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर